राजपा सरकारबाट समर्थन फिर्ता लिदैं

भक्तपुर न्यूज

१० असार २०७४ १:१६

राजपा सरकारबाट समर्थन फिर्ता लिदैं

काठमाडौ, १० असार । राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको खुल्न आएको छ । राजपा नेपालका सह–अध्यक्ष ह्रदय त्रिपाठीले गृहजिल्ला नवलपरासीमा पत्रकार सम्मेलन गरेर नै सरकारबाट समर्थन फिर्ता लिने जनाएपछि यस्तो खुल्न आएको हो । तर उनले समर्थन फिर्ता लिने समयबारे केही बताएनन् ।

सुरक्षाको नाममा सरकारले मधेशमा गरेको ज्यादतीका कारण आफूहरु सरकारलाई समर्थन दिइरहने अवस्था नभएको उनले बताउ । प्रदेश नम्बर ५ मा थारु र मधेस बाहुल्यता क्षेत्रमा व्यापक रुपमा सेना र प्रहरी परिचालन गरेर निर्वाचन गराउन थालेको भन्दै नेता त्रिपाठीले सुरक्षाकर्मीले ज्यादती गरेको आरोप लगाए । मधेशवादी दलसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयन गर्नुको सट्टा सरकारले उल्टै ज्यादती गरिरहेको उनले भनाई थियो ।

नेता जितेन्द्र सोनलले सरकारको यस्तै रवैया रह्यो भने सरकारबाट समर्थन फिर्ता लिन बाध्य हुने चेतावनी दिए ।
यद्यपी उनले असार १४ गतेसम्म सरकारलाई कुर्ने बताए । असार ७ गते प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र अनिलकुमार झासँगको छलफलमा असार १४ गतेसम्म केही पनि गर्न नसकिने जनाउ दिएका थिए ।

आन्दोलनको क्रममा प्रहरीको ज्यादती बढ्यो, सुरक्षा थ्रेट कायमै रह्यो भने सरकारबाट समर्थन फिर्ता हुनेसम्मको निर्णय लिने राजपा नेपालका महासचिव केशव झाले बताए ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन तत्कालिन मधेशी मोर्चाले समर्थन गरेका थिए तर एमालेले चैत २३ गते सप्तरीमा गरेको जनसभाका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर पाँचजनाको मृत्यु भएको थियो । सोही निहुँमा मधेशी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *