डर–त्रास नमानी ढुक्कसँग मतदान गर्नोस् : निर्वाचन आयुक्त शाह

भक्तपुर न्यूज

९ असार २०७४ ८:१४

डर–त्रास नमानी ढुक्कसँग मतदान गर्नोस् : निर्वाचन आयुक्त शाह

बैतडी, ९ असार । निर्वाचन आयुक्त सुधीरकुमार शाहले असार १४ गते हुन गइरहेको निर्वाचन बैतडीमा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नका लागि जिल्लाको शान्तिसुरक्षाको अवस्था सन्तोषजनक रहेको बताएका छन् ।
आज जिल्लाको शान्तिसुरक्षा अवस्था अनुगमन गर्न बैतडी आइपुगेका आयुक्त शाहले यस्तो बताएका हुन् । निर्वाचनको ज्यादै ठूलो महत्व भएकाले ढुक्कसँग कसैको डर–त्रास नमानी मतदान गर्न उनले आम मतदातालाई आग्रह गरे ।
पत्रकारले सोधेका जिज्ञासामा उनले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नु राम्रो कुरो नभएको भन्दै कडाभन्दा कडा कारवाही गरिने बताए । निर्वाचन आयुक्त शाहको उच्चस्तरीय टोली निर्वाचन अनुगमनको क्रममा कैलाली, कञ्चनपुर हुँदै बैतडी आइपुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *