राष्ट्रवादका खोक्रा नारामात्र लगाएर देशको विकास हुँदैन : प्रचण्ड

भक्तपुर न्यूज

९ असार २०७४ ६:४६

राष्ट्रवादका  खोक्रा नारामात्र लगाएर देशको विकास हुँदैन : प्रचण्ड

कैलाली ९ असार । माओवादी केन्द्रका अध्यक्ष पप्रचण्डले धनगढी उपमहानगरपालिकालाई छिट्टै महानगरपालिका बनाउने घोषणा गरेका छन् । शक्रबार कैलालीको पूmलबारीमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अत्तरिया र धनगढीलाई जोडेर धनगढी महानगरपालिका बनाउने आप्mनो पार्टीको योजना रहेको बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र धनगढीका सबै उम्मेदवारलाई विजयी गराएमा यो सम्भव रहेको पनि बताए ।

उनले आफ्नो १० महिने कार्यकाल सफल भएको दाबी गर्दै यसरी नै माओवादीले दश वर्षसम्म काम गर्न पाए नेपाल समृद्धिको शिखरमा पुग्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले दश महिनाको अवधिमा उल्लेख्य आर्थिक बृद्धिदर आएको बताए । ‘अघिल्लो वर्षसम्म एक प्रतिशतमा रहेको आर्थिक वृद्धिदर हाम्रो नेतृत्वको सरकारको पालामा बढेर साढे सात प्रतिशत पुग्यो’ विगतमा दैनिक १८ घण्टासम्म लोडसेडिग हुने गरेकोमा १० महिनाको कार्यकालमा लोडसेडिङ मुक्त गर्न सकेको समेत प्रचण्डको भनाई थियो । राष्ट्रवादका खोक्रा नारामात्र लगाएर देशको विकास नहुने भन्दै प्रचण्डले एमालेप्रति संकेत गर्दै भने ‘केही दलहरु राष्ट्रवादको नारा त लगाउँछन्, आश्वासन पनि दिन्छन् तर भनेजसरी काम गर्दैनन् उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *