विप्लवका कार्यकर्ताबाट सवारी तोडफोड
दाङ, ८ असार । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दाङको तुलसीपुरमा चुनावी प्रचारमा प्रयोग गरेको सवारी साधन तोडफोड गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले एमालेले चुनाव प्रचारमा प्रयोग गरेको गाडी तोडफोड गरेका हुन् ।
एमाले दाङका सचिव हिराचन्द्र केसीको घरछेउमा रोकिराखेको रा १ ज ५६६ नम्बरको गाडि बिहीबार तोडफोड गरेको तुलसीपुर प्रहरीले बताएको छ । तोडफोडपछि उनिहरुले नै टेलिफोन गरेर जिम्मा लिएको एमाले नेता खगेन्द्र पोख्रेलले जानकारी दिए ।
स्थानीय निर्वाचनको खारेजीको माग गर्दै आएको नेकपाले तुलसीपुरमा कांग्रेस, माओवादी केन्द्र र एमालेले चुनाव प्रचार प्रसारमा प्रयोग गरिएका सवारी साधनलाई लक्षित गरेर तोडफोड गरेको कम्युनष्टि पार्टीका जिल्ला सचिवालय सदस्य प्रदिप वलीले जानकारी दिए ।
यसैगरी नेकपाका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाले प्रचारमा प्रयोग गरेको रा१ज५०५,जनमुक्ति पार्टीले प्रयोग गरेको भे१ज ५७८ नम्बरको गाडीलाई पर्सेनी र माओवादी केन्द्रले प्रचारमा प्रयोग गरेको लु१ज१२६३ नम्बरको गाडि तोडफोड गरेको प्रहरीले बताएको छ । यता पार्टीका सचिवालय सदस्य वलीले भने प्रमुख तीन दल बाह्यक अन्य साना दलको गाडि तोडफोड गर्ने कुनै योजना नभएको बताए । तोडफोडमा संलग्नहरुको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।