नेपालगन्जवासीलाई आश्वासनै आश्वासन

भक्तपुर न्यूज

८ असार २०७४ १२:३८

नेपालगन्जवासीलाई आश्वासनै आश्वासन

नेपालगन्ज, ८ असार । सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगन्जलाई महानगरपालिका, संघीय राजधानी र अन्तर्राष्ट्रिय विमानस्थल बनाउने आश्वासन दिएका छन्। नेपालगन्जको त्रिभुवन चोकमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचन्डले यदि नेपालगन्जका जनताले आफूहरूलाई विश्वास गरे नेपालगन्जलाई नमूना सहरको रूपमा विकसित गर्ने उद्घोष गरेका हुन्।

यसैबीच प्रचण्डले सुशील कोइरालाको निधनपछि नेपालगन्जको राजनीतिक माहोल उच्च तहमा रहेको पहुँच कम भएको महसुस हुन नदिने गरी आफूले नेपालगञ्जको अभिभावकत्व लिने बताए।

माओवादी केन्द्रका उम्मेदवारका लागि भोट माग्दै अध्यक्ष प्रचन्डले माओवादीबाट मेयरका उम्मेदवार दामोदर शर्मासँग आफ्नो ‘हटलाइन’ सम्पर्क रहेको बताउँदै नेपालगन्जको विकासमा सधै साथ दिने बाचा गरे। मेयरका उम्मेदवार दामोदर शर्मा ब्यापारी एवम् नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्षसमेत हुन्।

प्रचन्डले आफू प्रधानमन्त्री नभएनिछि आफ्नो पार्टी सरकारमा रहेको स्मरण गराउँदै नेपालगञ्जलाई पश्चिम नेपालको हब बनाउने प्रतिबद्धता ब्यक्त गरे। नेपालगन्जको विकास र आर्थिक सम्बृद्धिका लागि माओवादी केन्द्रले निरन्तर प्रयास गर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *