मधेसी जनताको अधिकार खोसियो : खनाल
इलाम, ७ असार । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी जनताको भावना विपरीत राजपाले चुनावको मिति सार्न लगाएको आरोप लगाएका छन् ।
इलाममा आज आयोजित चुनावी सभामा उनले भने, “प्रदेश नं.२ का मधेसी जनताको भावना विपरीत राजपाले चुनावको मिति सार्न लगाएको हो । राजपाले मधेसी जनताको भावनामाथि खेलबाड ग¥यो, जनताको निर्वाचनको अधिकार कुण्ठित ग¥यो । ”
चुनावपछि एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै उनले एमालेको पहलमा संविधान जारी भएकाले लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि पनि एमालेको नेतृत्व आवश्यक छ भने ।
वरिष्ठ नेता खनालले हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अब मुलुक नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै सुरूआत गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००