आज पनि घट्यो सुनचाँदीको मूल्य

भक्तपुर न्यूज

६ असार २०७४ ९:२०

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ६ असार । सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ४ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले घटेर ५४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा भने ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ७ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ४० मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *