सरकारले अझै पूर्णता पाएन्
काठैमाडौं ६ असार । काठमाडौं, ६ असार । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको करिब दुई साता वितिसक्दा पनि उनले मन्त्रीमण्डललाई पूणर्ता दिन सकेका छैनन् । दुई साता वितिसक्दा पनि देउवाले जम्मा ७ जना मन्त्री नियुक्ति गरेका छन् ।
देउवाले हाल २२ वटा मन्त्रालय सम्हालेका छन् जसकारण मन्त्रालयबाट हुने राजनीतिक निर्णय र कामकाजमा पनि समस्या देखिन थालेको छ । दैनिक कामकाजमा कुनै समस्या नरहेपनि पुनर्संरचनाको बेला मन्त्री भएमा सहज हुनेछ । पूर्व प्रशासकहरुले भने मन्त्री नभएको कारण देखाउदै मन्त्रालयमा गरिनुपर्ने अन्य काममा पनि ढिलाई गर्ने प्रवृत्ति बढ्न सक्ने बताएका छन् ।
सरकारलाई पूर्ण आकार दिने जिम्मेवारी पाएका सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले भने मन्त्रिमण्डल विस्तारको काम स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि मात्रै हुने जनाएका छन् । आफुले पद तथा गोपनीयताको शपथ लिने दिन सातजना मन्त्री चयन गरेका उनको जिम्मामा अहिले रक्षा, भौतिक पूर्वाधार, सामान्य प्रशासन लगायतका २२ वटा मन्त्रालय छन् । सतारुढ दलभित्रका गुट उपगुटलाई सन्तुष्ट पार्नुपर्ने अवस्थाले सरकारले पूर्ण आकार पाउन अझै ढिलाइ हुने अनुमान गरिएको छ।