भिखारीकै ७५ लाखको कार
इङ्ल्याण्डको कोर्नवाल काउन्टीका भिख माग्दै हिँड्ने एक भिखारीले महंगो कार चढ्ने गरेको सार्वजनिक भएपछि स्थानीयहरु रुष्ट देखिएका छन् । भिख मागेर गुजारा चलाउने माथियु ब्रिटोनले अडि टिटी कार किनेपछि स्थानियहरु उनीसँग रुष्ट देखिएका हुन् । ब्रिटोन यस क्षेत्रमा चिनिएका मगन्ते हुन् ।
उनले वषौदेखि यस क्षेत्रमा माग्दै आएका थिए । तर पछिल्लो समय ब्याङक स्ट्रिट नजिक ७० हजार अमेरिकी डलर पर्ने कारमा उनी बसेको भिडियो फेसबुकमा शेयर भएपछि उनलाई स्थानियहरुले ज्यान मार्ने धम्की समेत दिएका छन् । ३५ वर्षका माग्ने ब्रिटोनले भने यो कार आफ्नी हजूरआमाको रहेको र अंशबापत पाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा शेयर भएपछि यो कार चोरी भएको र ज्यान मार्ने धम्की आएका कारण डर लागेको प्रतिक्रिया दिएका छन् ।
‘मैले कुनै पनि समाजिक सञ्जाल हेरेको छैन् किनकी इन्टरनेटमा मेरो पहुँच छैन् । तर प्रहरीका अनुसार मलाई ज्यानको खतरा छ । मानिसहरुले विभिन्न अनुमान लगाएर मलाई दुव्यर्हार गरेका छन् । ’ गत फेब्रुअरी १८ मा फेसबुकमा उनले कार चढेको भिडियो सार्वजनिक हुनासाथ नाकारात्मक कमेन्टहरुको ओइरो लागेको थियो । उनलाई पैसा दिने व्यक्तिहरुले आफू ठगिएको भन्दै उनको सत्तोसराप गरेका थिए । ‘ मलाई अचम्म लागिरहेको छ कि एक वृद्धले समेत उनलाई ४० पाउन्ड दिएका थिए । उनले हामीलाई गरिबीको नाममा ठगेका रहेछन्,’– फेसबुकमा एक व्यक्तीले लेखेका छन् ।
त्यस्तै अर्का व्यक्तिले लेखेका छन्–‘मेरो ८ वर्षको छोराले भनेपछि मैले उनलाई पानी र तातो खानेकुरा दिने गरेको थिएँ । मेरा दुई छोराले ठगिएको महसुस गरे । तर ,मैले प्राय घरबारविहिनहरु उनीजस्तो फटाहा हुदैँनन् भनेर छोराहरुलाई संझाएको छु । स्थानिय प्रहरीले भने ब्रिटोन ठग नभएको जनाएको छ । प्रहरीले उनले आफ्नो आफन्तको निधनपछि पर्याप्त पैसा पाएपनि सबै पैसा सकिसकेको बताएको छ । प्रहरीले उनीसँग अहिले पैसा पनि नरहेको बताएको छ । प्रहरी इनिस्पेक्टर डेम मेरिडिथले उनलाई ज्यान मार्ने धम्की आएका कारण सर्तक रहन आग्रह गरेको बताए । डेम भन्छन्–‘यो केस आफैमा दुखद छ । हामीले वर्षौदेखि उनलाई चिनेका छौ र उनी ठग होइनन् ।