सरकारले लाचारीपन देखायो : खनाल
इलाम ५ असार । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।
इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले चुनाव सार्नुपर्ने कुनै कारण नभए पनि सरकारको लाचारीले पटक–पटक मिति परितर्वन गरिएको बताए । मधेसका दुई–चार जना नेताको अघि सरकारले लाचारीपन देखायो उनले भने ।
पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गरे । जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको बताउँदै उनले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्न माग गरे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००