पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

भक्तपुर न्यूज

३ असार २०७४ १:४७

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, ३ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको निगमले बताएको छ ।
निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटाइएको बताए । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय रुपैयाँ बनाइएको छ । हाल पेट्रोलको मूल्य १०१।५० रुपैयाँ रहेको थियो ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि १ रुपैयाँ ५० पैसाले घटेर ७६ रुपैयाँ कायम भएको छ । हालसम्म डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ७७।५० छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै राखिएको छ ।
नेपाललाई पेट्रोलियम पदार्थ दिने भारतीय आयल कर्पोरेशनले तय गर्ने मूल्यको आधारमा नेपाल आयल निगमले स्वचालित मूल्य लागू गर्दै हरेक १५–१५ दिनमा मूल्य समायोजन गर्ने भनिए पनि झण्डै १० महिनापछि पट्रोल, डिजेल र मट्टितेलको भाउ घटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *