बन्दका कारण पूर्वकाे जनजीवन प्रभावित

भक्तपुर न्यूज

२ असार २०७४ ८:२५

बन्दका कारण पूर्वकाे जनजीवन प्रभावित

काठमाडौ २ असार । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको मेची बन्दका कारण त्यहाको जनजीवन प्रभावित बनेको छ । आफ्ना नेता तथा कार्यकर्तालाई विभिन्न वहानामा पक्राउ गरेकोले उनीहरुको तत्काल रिहाइको माग गर्दै सो पार्टीले मेची बन्द गरेको हो ।
बन्दका कारण ताप्लेजुङ झापा इलाम पाँचथर लगायातको जिल्लाको जनजीवन विहानै देखि प्रभावित भएको छ ।

बन्दका कारण एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्थाहरु पनि बन्द रहेका छन् । पार्टी केन्द्रीय सदस्य तथा मेची ब्युरो ईचार्ज सहितका नेताहरुलाई बिना कारण गत बुधवार झापाको गरामनीबाट प्रहरीले गिरफ्तार गरेपछि त्यसको बिरोधमा मेची ब्युरोले बन्दको आह्वान गरेको हो । पक्राउ पर्नेमा पार्टी केन्द्रीय सदस्य तथा मेची ब्युरो ईचार्ज सुमन लिम्बु , झापा जिल्ला सेक्रेटरी तारा बहादुर थापा र सत्ता प्रमुख दिल्ली मैनाली रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *