चुनाव सारेकोमा बैद्को आक्रोश

भक्तपुर न्यूज

२ असार २०७४ ७:४१

चुनाव सारेकोमा बैद्को आक्रोश

काठमाडौं  २ असार ।  दुई नम्बर प्रदेशमा स्थानीय चुनाव ३ महिना पछि सारेर तथा दोस्रो चरणमो चुवानमा उम्मेदवार मनोनयन २ दिन पछि सारेकोमा बैद्य माओवादीले आपत्ति जनाएको छ ।

शुक्रबार एक बिज्ञप्ति जारी गर्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले अस्थिर चिन्तन र कार्यशैली देखाएर वर्तमान सरकारले नौटंकी मञ्चन गरेको आरोप लगाएका छन् ।

सरकारको निर्णयप्रति असन्तुष्ट राजपाभित्रै एकमत नदेखिएकाले सरकारको निर्णय अदूरदर्शी भनिएको छ । बिज्ञप्तिमा मधेसी लगायत सबै वर्गको हितका लागि वर्तमान संविधान खारेज गरी जनगणतान्त्रिक संविधानको निर्माणका लागि सबैमा अपील गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *