काठमाडौं महानगरपालिकाको करोडौका सवारी साधन ४३ लाखमा बिक्रि

भक्तपुर न्यूज

२ असार २०७४ ६:३३

काठमाडौं महानगरपालिकाको करोडौका सवारी साधन ४३ लाखमा बिक्रि

काठमाडौ, २ असार । बषौंदेखि अलपत्रै अबस्थामा राखिएका करोडौ मुल्य बराबरका सवारी साधन काठमाडौं महानगरपालिकाले लिलामी गरेको छ। महानगरले करिब चार दर्जन सवारी साधन लिलामी गरेको हो ।
यसका लागि महानगरले २०७३ माघ १९ गरे सार्वजनिक सूचना प्रकाशित गरेको थियो । महानगरले ४२ लाख ९२ हजार १ सय ६९ रुपैयाँ न्युनतम मूल्य तोकेकोमा राज एण्ड रिवाज सप्लायर्सले ४३ लाख ४३ हजारमा सो सवारी साधनहरु खरिद गरेको महानगरपालिकाले जानकारी दिएको छ ।
सार्वजनिक खरिद ऐन अनुसार आफूहरुले २० वर्ष पुरानो गाडी तथा अन्य पुराना काम नलाग्ने सामानहरु लिलामी गरेको काठमाडौं महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन् ।
महानगरका अनुसार २ वटा ट्रिपर, एउटा कन्टेनर ट्रक, ४ वटा डम्पर प्लेसर, २ वटा फेत कार, एउटा च्याङ्गन पिक अप, एउटा जिप पाथ फाइन्डर, एउटा मारुती जीवाईपीएसवाई, ३ वटा ब्याक ह्वइ लोडर, २ वटा सक्सन ट्रक, एउटा हनोमाग कम्प्याक्टर, एउटा फेत एलिस १० सि डोजर, एउटा स्किड स्टिर लोडर, र २८ वटा चाइनिज ट्याक्टर लिलामी गरिएको छ । लिलामी भएका गाडीहरु २०३८ सालदेखि २०६० सालसम्म दर्ता भएको प्रवक्ता कार्कीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *