चुनावको मिति सार्न सकिंदैन : निर्वाचन आयोग

भक्तपुर न्यूज

१ असार २०७४ ५:४९

चुनावको मिति सार्न सकिंदैन : निर्वाचन आयोग

काठमाडौं, १ असार । निर्वाचन आयोगले तराई मधेसका केही जिल्लामा चुनाव सार्ने सरकारको प्रस्ताव अस्वीकार गरेको छ । चुनावको मिति अझै पछि सार्दा प्रदेश तथा संघको चुनाव समेत प्रभावित हुने भन्दै चुनावको मिति सार्ने प्रस्ताव आयोगले अस्वीकार गरेको हो । आयोगले अब चुनाव सारे ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिएको छ ।
सत्तारुढ दल र निर्वाचन आयोगबिच भएको छलफलपछि पत्रकारसँग प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पूर्व निर्धारित कार्यक्रम अनुसार भोलि नै मनोनयन दर्ता हुने जानकारी दिए । सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको भनेर आश्वस्त पारेको हुनाले भोलिको मनोनयन दर्तामा समस्या नहुने उनको भनाई छ ।
असन्तुष्ट राजपालाई पनि चुनावमा ल्याउन चुनावको तालिका हेरफेर गर्न सकिन्छ कि भनेर निर्वाचन आयोगसँग छलफल गरेको तर आयोगको तर्फबाट सम्भव नरहेको जानकारी गराएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । चुनावको मिति सार्न नसकिने आयोगको भनाईपछि अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *