डिलक्स र सेमी लो फ्लोर बस ल्याउँदै साझा

भक्तपुर न्यूज

१ असार २०७४ ५:३७

डिलक्स र सेमी लो फ्लोर बस ल्याउँदै साझा

काठमाडौं, १ असार । साझा यातायातले १२ वटा डिलक्स बस खरिदका लागि सम्झौता गरेको छ । नेपालमै पहिलोपटक भित्रिने सेमी लो फ्लोर बसका लागि पनि आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरिएको साझाले जानकारी दिएको छ ।
बस किन्न काठमाडौं महानगरपालिकाले साझासँग ५ करोड बराबरको सेयर किनेको छ । साझाले गरेको टेण्डरमा ५ करोड रुपैयाँमा १२ वटा डिलक्स र एउटा सेमी फ्लोर बस दिने गरी अशोक ले–ल्याण्डसहित तीन कम्पनीले प्रस्ताव हालेका थिए । जसमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने आशेक ले–ल्याण्डकै बस ल्याउने गरी आईएमई अटोमोटिभ्ससँग सम्झौता भएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाडेयले जानकारी दिए ।
महानगरपालिकाले पूर्व समझदारीअनुरुप ५ करोडको चेक उपलब्ध गराउनासाथ बस ल्याउन प्रतितपत्र (एलसी) खोलिने पाण्डेले बताए । एलसी खोलेपछि अर्डरअनुरुपको बस बनाउने काम सुरु साझाले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *