उपप्रधानमन्त्री महरासँग भारतीय राजदूत सिंहको भेटवार्ता

भक्तपुर न्यूज

३१ जेठ २०७४ ११:३५

उपप्रधानमन्त्री महरासँग भारतीय राजदूत सिंहको भेटवार्ता

काठमाडौं, ३१ जेठ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र भारतीय राजदूत मञ्जिपसिंह पुरीबीच आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटवार्तामा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले नेपाल–भारतबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
भारतीय राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निम्तो दिएको बताउँदै सो विषयप्रति विचार गरिदिन अनुरोध गरे ।
जवाफमा परराष्ट्रमन्त्री महराले दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनपछि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सिलसिलामा आफू भारत आउने प्रयास गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *