समृद्ध नेपालगन्ज निर्माणको आश्वासन
कमला हमाल ।
नेपालगन्ज ३१ जेठ । नेपाली काँग्रेस र राप्रपाका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयरका उम्मेदवारहरुले नेपालगन्जको समग्र समृद्धिको विकासका लागि लागिपर्ने आश्वासन दिएका छन् । आज नेपालगञ्जमा रफत सञ्चार क्लव बाँकेको आयोजना भएको साक्षात्कार कार्यक्रममा सहभागि उनहिरुले यस्तो आश्वास दिएका हुन् ।
नेपाली कांग्रेसबाट मेयर पदका उम्मेद्धारका शुरेश कुमार कनोडियाले आफुले चुनाव जिते अवको ५ बर्ष मात्र होइन राप्ती नजादा सम्म जनताको सेवा गर्ने बताएका छन् । साक्षात्कार कार्यक्रममा बोल्दै नेता कनोडियाले बाँकेको नेपालगन्ज्लाई पश्चिम नेपालकै नमूना शहरका रुपमा विकास गर्ने बताए । काँग्रेसमा पैसाको राजनीतिक र टिकट बिक्रि भयो भन्न्े जिज्ञाशामा उहाँले यो सरासर गलत भएको भन्दै कनोडियाले आफुले मेडिकल कलेज स्थापना गर्दा सवै मेहनेत र लगानी लगाएकाले आफ्ू गरिब भएको जिकिर गर्दै आपूmसँग न त घर न त सम्पति नै छ, छ त केवल अस्पताल सञ्चालन खडा गर्ने जिम्मेवारी मात्र रहेको बताए । उनले नेपालगञ्जको फोहोर मैला व्वस्थापन, शिक्षा , धार्मिक तथा पर्यटकिय स्थान तथा खेलकुदका क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै कार्यक्रममा राप्रपाका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका मेयर पदका उम्मेद्धवार धवल शमशेर राणाले आफु पहिला पनि एकपटक नेपालगञ्जको मेयर भई काम गरेकोले जनतालेआफूलाई यो पटक पनि सेवा गर्ने मौका दिने बताए । उनले अस्तव्यस्त रुपमा रहेका भौतिक संरचनाको पुननिर्माण गर्ने आफनो पहिलो प्राथमिकता रहेको बताए । कार्यक्रम रफत सञ्चार क्लवकी अध्यक्ष रन्जिता ढकाल थापाको अध्यक्षमा भएको थियो ।