सुनको भाउ स्थिर, चाँदी ५ रुपैयाँ घट्यो

भक्तपुर न्यूज

३० जेठ २०७४ ९:५९

सुनको भाउ स्थिर, चाँदी ५ रुपैयाँ घट्यो

काठमाडौं, २२ जेठ । आज सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ८ सय रुपैयाँ रहेको सुन आज पनि ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा भने ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ७ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ५५ मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *