राष्ट्रपति भण्डारी आज जेनेभा जाँदै

भक्तपुर न्यूज

३० जेठ २०७४ ५:२२

राष्ट्रपति भण्डारी आज जेनेभा जाँदै

काठमाडौ, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी आज जेनेभा भ्रमणका लागि प्रस्थान गर्दैछन् । स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको १०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ को एक भागका रूपमा रहेको रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन आज उनी सतर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारीले शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसवर्ष शिखर बैठकको नारा रोजगारीमा महिला’ रहेको छ । उनले नेपाली राजनीतिका साथै रोजगारीको दुनियाँमा महिलाको सहभागिता तथा प्रतिनिधित्वमा भएका प्रगतिका विषयमा उल्लेख गर्दै यस क्षेत्रमा रहेका चुनौती सम्बोधन गर्न भएका प्रयासका विषयमा प्रकाश पार्ने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनले राष्ट्रपति भण्डारीका साथमा माल्टा तथा मरिससका राष्ट्र प्रमुखहरूलाई पनि त्यो शिखर बैठकमा सहभागिताका लागि आमन्त्रण गरेको छ । नेपालका राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न श्रम सङ्गठनले आमन्त्रण गरेको यो पहिलो वर्ष हो ।  राष्ट्रपति आज साँझ ५ बजे प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *