बुढीगण्डकीको निर्माण थालिने, चिनियाँ टोली आयोजनास्थलमा

भक्तपुर न्यूज

३० जेठ २०७४ २:१६

बुढीगण्डकीको निर्माण थालिने, चिनियाँ टोली आयोजनास्थलमा

काठमाडौ, ३० जेठ । चिनियाँ कम्पनीसँग सरकारले सम्झौता गरेकै दिनदेखि बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सुरु हुने भएको छ । अबको ६ महिनाभित्रै आयोजनाको बिस्तत सम्भाब्यता अध्ययनको स्टिेटमेन्ट’ सकाउने कार्यतालिका निर्माणको जिम्मा पाएको चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड सीजीजीसीले जनाएको छ ।

कम्पनीको टोली अहिले निर्माणस्थलको अवलोकन गर्न आयोजनास्थल पुगेको छ । नेपाल सरकार रसीजीजीसीबीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर भइसकेको छ । अन्तिम सम्झौता भने हुन बाँकी नै छ । सबै प्रक्रिया टुंग्याएर त्यो हुनासाथ काम सुरू गर्ने सीजीजीसीको भनाइ छ ।
गत जेठ ९ गतेको मन्त्री परिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो । यो आयोजनामा चिनियाँ कम्पनीले गरेको लगानीलाई नेपाल सरकारले ऋणका रुपमा ग्रहण गर्नेछ । बिजुली उत्पादन सुरु भएपछि त्यसलाई नै बेचेर सरकारले कम्पनीको ऋण तिर्ने मोडल यसमा लगाइँदैछ ।
जतिसक्दो छिटो आयोजनाको निर्माण सुरु गर्न प्रयास भइरहेको गेजुवा नेपालका जनसम्पर्क ब्यवस्थापक ओमबन्धु कार्कीले जानकारी दिए । आयोजना स्थलमा चीनमा २२५० मेगावटको आयोजना बनाउने अधिकारीहरुको टोली पुगेकोछ । टोलीले विभिन्न भागहरुको निरीक्षण गरेर डिपीआरको पुनरावलोकन गर्ने तयारी गरेको छ । कम्पनीका कन्ट्री डाइरेक्टर युआन झेछोन नेतृत्वको टोली निरीक्षणमा आएको हो । अहिले प्रभावितलार्इ मुआब्जा वितरणको काम भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *