गहुँका दुई नयाँ जातको विकास
काठमाडौं, २९ जेठ । नेपाल कृषि अनुसन्धान परिषद नार्कले गहुँका दुईवटा उन्नत जात विकास गरेको छ । मुनाल र च्याखुरा नाम राखिएका दुईवटा जात छिटै सिफारिस हुने क्रममा रहेका नार्कले जनाएको छ ।
यी जात मध्यपहाड र उच्चपहाडको लागि उपयुक्त हुने नार्कका वरिष्ठ वैज्ञानिक तथा गहुँबाली विज्ञ डा. ध्रुवबहादुर थापाले जानकारी दिए ।अनुसन्धानको क्रममा दुवै जातको उत्पादन राम्रो हुने देखिएको थापाको भनाई छ । अहिलेसम्म गहुँका ३९ वटा उन्नत जातको विकास भईसकेका छन् ।
यसमध्ये पहाडमा डब्लु के १२०४, डाँफे, धौलागिरी र स्वर्गद्वारी तथा तराईमा गौतम, विजय, तिलोत्तमा र बाणगंगा बढि प्रचलित छ । यसवर्ष मौसम अनुकूल भएकाले गहुँको उत्पादन बढ्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६