वेल्स र सर्बिया बराबरी
एजेन्सी, २९ जेठ । विश्वकप २०१८ को छनौट अन्तर्गत गएराति भएको खेलमा वेल्स बराबरीमा रोकिएको छ । समूह डी मा रहेको वेल्स सर्बियासँग १–१ को बराबरीमा रोकिएको हो ।
अवे मैदानमा भएको खेलमा ३५ औं मिनेटमा पाएको पेनाल्टीमा आरोन रामसीले गोल गर्दै वेल्सलाई अग्रता दिलाए । त्यस्तै ७३ औं मिनेटमा मिट्रोभिकले सर्बियाका लागि बराबरी गोल फर्काए । जितपछि समूहको शीर्ष स्थानमा रहेको सर्बियाको ६ खेलबाट १२ अंक भएको छ ।
राति नै भएको खेलमा अस्ट्रियासँग १–१ को बराबरी खेलको रिपब्लिक अफ आयरल्याण्ड १२ अंकसहित नै दोस्रो स्थानमा छ । ८ अंक रहेको वेल्स तेस्रो स्थानमा छ ।
राति भएका अरु खेलमा टर्कीले कोसोभोलाई ४–१, आइसल्याण्डले क्रोएसियालाई १–०, अल्बानियाले इजरायललाई ३–० तथा युक्रेनले फिनल्याण्डलाई २–१ ले हरायो । यस्तै माल्डोभा र जर्जियाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।