माघ ७ भित्र तीन वटै चुनाव गर्ने सरकारको प्रतिवद्धता

भक्तपुर न्यूज

२४ जेठ २०७४ १३:१७

माघ ७ भित्र तीन वटै चुनाव गर्ने सरकारको प्रतिवद्धता

काठमाडौं २४ जेठ । शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले आगामी माघ ७ गतेभित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता जनाएको छ । साथै स्थानीय तहको दोस्रो चरणको चुनाव पूर्व घोषित मिति असार १४ मा नै हुने समेत बताएको छ । प्रधानमन्त्री पदमा सपथ लिएपछि देउवाले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा तीन उपप्रधानमन्त्री र चारमन्त्री छन् ।

बुधबार नै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नयाँ सरकारको प्राथमिकता तोकेको छ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार संविधान कार्यान्वयन र संक्रमणकालीन व्यवस्थापन सरकारको प्राथमिकतामा परेको छ । साथै दोस्रो चरणको चुनाव तोकिएकै मितिमा सम्पन्न गर्ने, माघ ७ भित्र तीनवटै चुनाव सम्पन्न गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माणलाई प्रभावकारी बनाइनेछ । यस्तै आर्थिक सम्बृद्धिलाई महत्व दिने र शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने सरकारका प्राथमिकता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *