दाहालले आजै सरकारी निवास छाड्ने

भक्तपुर न्यूज

२४ जेठ २०७४ ६:०४

दाहालले आजै सरकारी निवास छाड्ने

काठमाडौं, २४ जेठ । निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहालले आज नै सरकारी निवास बालुवाटार छोड्ने तयारी गरेका छन् । गत वर्ष साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका दाहाल त्यसको तीन दिनपछि बालुवाटारस्थित सरकारी निवासमा सरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकाले उनी बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेर लाजिम्पाटस्थित निजी निवासमा फर्कन लागेका हुन् ।
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोह पछि निर्वतमान प्रधानमन्त्री दाहालले बालुवाटार छोड्ने उनको निजी सचिवालयले जनाएको छ ।
दिउँसो पौने २ बजे प्रधानमन्त्री देउवाको सपथ समारोहमा सहभागी हुन राष्ट्रपति कार्यालय शितल निवास जाने र त्यहिँबाट निजी निवास जाने दाहालका प्रेस सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *