राष्ट्र बैंकले १०० र ५०० दरका स्वीस क्रोनर साट्न अनुरोध गर्यो
काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकले २००१ सिरिजका ३ अक्टुबर २०१६ भन्दाअघि जारी भएका स्वीडिस क्रोनर १०० र ५०० दरका नोट यही जेठ २८ भित्र साटिसक्न अनुरोध गरेको छ । नेपाल राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै जेठ २८ गतेसम्म नोट साटिसक्न आग्रह गरेको हो ।
स्वीडेनको केन्द्रीय बैंकले २००१ देखि २०१६ अक्टुबर ३ गतेसम्म जारी नोट हटाउने निर्णय गरे पछि नेपाल राष्ट्र बैंकले सबैमा यो सूचना जारी गरेको हो । राष्ट्र बैंकले सूचित मितिपछि त्यस्ता नोट सटही नगरिने समेत जनाएको छ । स्वीडेनले स्वीडिस क्रोनर १०० र ५०० दरका नोट हटाउने निर्णय गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६