उपेन्द्र यादव नेतृत्वको फोरमको देउवा सरकारलाई समर्थन

भक्तपुर न्यूज

२१ जेठ २०७४ ८:५५

उपेन्द्र यादव नेतृत्वको फोरमको देउवा सरकारलाई समर्थन

काठमाडौं २१ जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरे पनि सरकारमा सहभागी हुने नहुने भन्नेबारे फोरमले निर्णय गरेको छैन ।

फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले  भने, ‘देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौं, अहिले यतिमात्रै बुझ्नुस् ।’ संसदमा आफूहरु प्रतिपक्षको बेञ्चमा नबसी सत्ता पक्षको बेञ्चमा बस्ने यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *