संसद प्रधानमन्त्री बनाउने थलो मात्रै होईन : अध्यक्ष ओली

भक्तपुर न्यूज

१९ जेठ २०७४ १२:०१

संसद प्रधानमन्त्री बनाउने थलो मात्रै होईन : अध्यक्ष ओली

भक्तपुर १९ जेठ । नेकपा एमालेका अध्यक्ष एंवम् पूर्वप्रधानमन्त्री केपी ओलीले व्यवस्थापिका संसद प्रधानमन्त्री बनाउने थलो मात्रै नभएको वताउनु भएको छ । भक्तपुरमा नारायण विलाल जोशी स्मृति प्रतिष्ठानले गरेको बधाई कार्यक्रममा वोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

संसदलाई प्रधानमन्त्री बनाउने थलो मात्रै नभई जनता, देश राष्टियताको पक्षमा वकालत गर्ने थलोका रुपमा विकास गर्नुपर्ने उनले बताए । उनले संसद प्रधानमन्त्री बनाउनका लागि मात्रै खोल्ने हो भने संसद अधिवेशन प्रधानमन्त्रीको चयन गरेर बन्द गरिनुपर्ने बताए ।
चितवनको भरतपुरमा मतपत्र च्यातिएको घटनालाई लिएर अध्यक्ष ओलीले निर्वाचनमा पराजीत हुनेले मतपत्र च्यात्ने हो भने कतिपटक निर्वाचन गर्नुपर्ने, कति पटक मतगणना गर्नुपर्ने र मतदातालाई कति पटक लाईनमा आउन आग्रह गर्नुपर्ने हो यो बिषयलाई ध्यान दिदैं चितवनमा तत्काल मतगणना हुनुपर्ने बताए ।


चितवनमा मतगणना शुरु नभएसम्म एमालेले संसद बहिष्कार गर्ने चेतावनी दिदैं ओलीले देशको प्रधानमन्त्री बनाउनु भन्दा पनि चितवनको मतगणना गर्नु नै प्रमुख कार्य भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *