कार्यव्यवस्था समितिको बैठक ११ बजे बस्दै

भक्तपुर न्यूज

१९ जेठ २०७४ २:५४

कार्यव्यवस्था समितिको बैठक ११  बजे बस्दै

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री निर्वाचनको कार्यतालिकाको विषयमा छलफल गर्न सभामुख ओनसरी घर्तीले कार्यव्यवस्था समितिको बैठक बोलाएकी छन् । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बस्ने तयारी भएको स्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री निर्वाचनमा कस्तो कार्यतालिका बनाएर जाने भन्ने विषयमा छलफल हुनेछ ।

संसदको बैठक जेठ २१ गते बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख विपक्षी दलको अबरोध भएपछि बिहीबारको संसद बैठकमा सभामुख घर्तीले २१ गतेका लागि संसदको बैठक तोकेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *