मुस्ताङ्गीलाई चीनको ७ करोड सहयोग

भक्तपुर न्यूज

१८ जेठ २०७४ ४:१६

मुस्ताङ्गीलाई चीनको ७ करोड सहयोग

मुस्ताङ, १८ जेठ । छिमेकी राष्ट्र चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई सात करोड ५० हजारको निर्माण सामग्री सहयोग गरेको छ । चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले विभिन्न निर्माण सामग्री सहयोग गरेको हो ।

चीनले हरेक वर्ष उपल्लो मुस्ताङलाई निर्माण र खाद्यान्न सहयोग गर्दै आएको छ । इलाका प्रशासन कार्यालय लोमान्थाङका प्रमुख जितेन्द्र बलामीले चीनबाट सय टन सिमेन्ट, ५० टन छड, ६ हजार पिस प्लाइउड, १० हजार पिस ब्याम्बू प्लाइउड, सातहजार पिस उडकिप र ११ हजार पिस जस्तापाता उपलब्ध गराएको जानकारी दिए ।

कोरला नाका हुँदै ल्याइएको उक्त सामग्री चीन सरकारका प्रतिनिधिले दुई गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका थिए । उक्त सामग्रीलाई उपल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयवासीलाई वितरण गरी निर्माण कार्यमा खर्चिने दालोमे गाउँपालिकाका प्रमुख लोप्साङ छोम्फेल विष्टले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *