नयाँ सरकारमा प्रधानमन्त्रीसहित १८ मन्त्रालय मात्रै

भक्तपुर न्यूज

१७ जेठ २०७४ ११:३६

नयाँ सरकारमा प्रधानमन्त्रीसहित १८ मन्त्रालय मात्रै

 

काठमाडौं, १७ जेठ । अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना समितिले बुधवार संसदको राज्यव्यवस्था समितिमा पेश गरेको प्रतिवेदनमा १८ मन्त्रालयको प्रस्ताव गरिएको छ । अब प्रधानमन्त्रीसहित १८ मन्त्री मात्रै हुनेछन् । गत वैशाख २१ गते सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा बनेको समितिमा एमाले सांसद राजेन्द्र पाण्डे, कांग्रेसकी आरजु देउवा, माओवादीकी रेखा शर्मा, राप्रपाका भुवन पाठक सदस्य थिए ।

यी हुन् समितिले प्रस्ताव गरेका मन्त्रालय
गृह मन्त्रालय
अर्थ तथा योजना मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
परराष्ट्र मन्त्रालय
भौतिक पुर्वाधार, यातायात तथा नागरिक उड्डयन मन्त्रालय
रक्षा मन्त्रालय
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
पर्यटन तथा संस्कृति मन्त्रालय
कृषि सहकारी तथा भूमी व्यवस्थापन मन्त्रालय
जलस्रोत तथा उर्जा मन्त्रालय
सूचना तथा सञ्चार मन्त्रालय
स्वास्थ्य मन्त्रालय
मानव संशाधन, युवा, श्रम तथा रोजगार मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
शिक्षा तथा खेलकुद मन्त्रालय
विज्ञान प्रविधि मन्त्रालय
महिला समावेशीकरण तथा सामाजिक न्याय मन्त्रालय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *