राजपाले लियो आमहड्ताल फिर्ता

भक्तपुर न्यूज

१७ जेठ २०७४ १०:२४

राजपाले लियो आमहड्ताल फिर्ता

काठमाडौं, १७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।
राजपाका महासचिव मनिष सुमनले १७, १८ र १९ को आन्दोलन स्थगित गरिएको जानकारी दिए । गठवन्धनले आज मसाल जुलुस प्रदर्शन गर्ने र भोलि र पर्सि तराई मधेस/थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरेको थियो ।
पार्टीको अध्यक्ष मण्डलको वैठकले निर्वाचनको मिति सरेकाले निर्वाचन केन्द्रित सबै विरोधका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो । आन्दोलनका परिमार्जित कार्यक्रम संघीय गठबन्धनको वैठकपछि आउने पनि पार्टी नेता मनिष सुमनले बताए ।
राजपाले गत जेठ १२ गते संविधान संशोधनको माग राखेर निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो । उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्षित गर्दै पार्टीले जेठ १८ र १९ दुई दिन आमहड्तालसमेत आह्वान गरेको थियो । सरकारले राजपालाई सहभागी गराउनकै लागि जेठ ३१ मा गर्ने भनेको दोस्रो चरणको निर्वाचन असार १४ गते सारेको छ । तर, राजपाले भने निर्वाचनको वातावरण तयार गर्न माग गर्दै आएको छ र हालसम्म निर्वाचनमा सहभागी हुने प्रतिवद्धता जनाइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *