मतपत्र च्यात्ने माओवादी नै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

भक्तपुर न्यूज

१७ जेठ २०७४ ९:२३

मतपत्र च्यात्ने माओवादी नै भए पनि कारबाही हुन्छ :  प्रधानमन्त्री दाहाल

काठमाडौं, १७ जेठ । चितवनको भरतपुर महानगरपालिकाको वडा नं. १९ को मतगणना क्रममा माओवादीका प्रतिनिधिले मतपत्र च्यातेको विषयले त्यहाँको मतपरिणाम के हुने भन्ने अन्योल उत्पन्न भैरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले मतपत्र च्यात्ने जो कोही भए पनि कारबाही हुने बताएका छन् ।
आज बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहालले निर्वाचन आयोगको अनुगमन टोलीले दिएको प्रतिवेदन अनुसार सरकार अघि बढ्ने बताउँदै मतपत्र च्यात्ने व्यक्ति माओवादीकै भए पनि उन्मुक्ति नपाउने बताए ।
यही जेठ १५ गते मध्यरातमा भरतपुर महानगरपालिकाको मतगणना भइरहेको बेला परिणामप्रति असन्तुष्ट पक्षले मतपत्र च्यातेको थियो । एमाले र माओवादीले एकअर्कालाई मतपत्र च्यातेको आरोप लगाउँदै आएका छन् । प्रहरीले मतपत्र च्यातेको भन्दै माओवादीका दुई कार्यकर्तालाई पक्राउ गरेको छ ।
सो घटनाको सत्यतथ्य बुझेर प्रतिवेदन तयार पार्न निर्वाचन आयोगले अनुगममन टोली गठन गरेको छ । भरतपुरको घटना बुझेर अनुगमन टोली हिजो नै राजधानी फर्किसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *