संविधान कार्यान्वयन र निर्वाचन सम्पन्न गर्न महाअभियोग फिर्ता : केन्द्रीय सदस्य विश्वकर्मा

भक्तपुर न्यूज

१६ जेठ २०७४ ९:२०

संविधान कार्यान्वयन र निर्वाचन सम्पन्न गर्न महाअभियोग फिर्ता : केन्द्रीय सदस्य विश्वकर्मा

भक्तपुर, १६ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रधानन्यायाधीश शुसिला कार्कीमाथि लगाईएको महाअभियोग दोस्रो चरणका स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुका साथै संविधान कार्यान्वयनका लागि फिर्ता लिनु परेको बताएका छन् ।  रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै केन्द्रीय विश्वकर्माले नेपाली काँग्रेसले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जनमतका आधारमा ३८ प्रतिशत निर्वाचन जितेको बताए ।

उनले विगतमा बयलगाढा चढेर अमेरीका पुग्नु र रत्नपार्कमा कराउँदैमा  गणतन्त्र आउछ भन्दै जोक गर्ने केपी ओली, संघियता नेपालमा हुनै सक्दैन भन्ने चित्रबहादुर केसी र संविधानमा हिन्दुराज्य र राजतन्त्र राख्नुपर्छ भन्ने राप्रपा अहिले एउटै कोठामा रहेको आरोप समेत लगाए ।

केन्द्रीय सदस्य विश्वकर्माले यी तीनवटै दललाई अहिले पनि दरबारको सहयोग मिलेको र यीनीहरु दरबारबाटै परिचालित भएको पनि आरोप लगाएका छन् ।  उनले  मधेशबादी दलको संघियता, नेकपा  माओवादी केन्द्रको गणतन्त्र र नेपाली काँग्रेसको मुद्दा मिलेको कारण अब पनि नेपाली काँग्रेसको नेतृत्वको सहमतिय सरकार बन्ने र नेपाली काँग्रेस दोस्रो स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी समेत गरेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा यहि महिनाको तेस्रो सातासम्म नयाँ सरकार गठन हुने र यो सरकार अधिकत्तम सहमतिको सरकार हुने बताउँदै उनले यहि देउवा नेतृत्वको सरकारले स्थानीय तहको दोस्रो मात्रै नभई प्रदेश र संसदको निर्वाचन गराउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *