देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार

भक्तपुर न्यूज

१६ जेठ २०७४ ४:४९

देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ । सहमतीय सरकार गठनको प्रयासका लागि देउवाले दलहरुलाई लिखित पत्र पठाएर छलफलका लागि बोलाएका थिए । तर, एमाले अनुपस्थित भएको छ ।

कांग्रेसले देउवाको नेतृत्वमा सरकार गठन गर्ने भन्दै पत्र पठाएपछि एमाले असन्तुष्ट बनेको नेताहरुले बताएका छन् । संसद भवन बानेश्वरमा जारी बैठकमा संसदमा रहेका अन्य दलका शीर्ष नेताहरु भने सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि राष्ट्रपति विद्या भण्डारीले बिहीबार सात दिनको समय दिएर सहमतीय सरकार गठनका लागि आहृवान गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *