दोस्रो चरणको चुनाव सार्ने बिषयमा छलफल जारी
काठमाडौैं १५ जेठ । प्रमुख दलहरु दोस्रो चरणको स्थानीय चुनाव सार्न सहमत भएपछि निर्वाचन आयोग छलफलमा जुटेको छ । जेठ ३१ मा गर्ने भनिएको निर्वाचन असारको दोस्रो सातामा गर्ने तयारी थालिएको छ ।
निर्वाचन आयोगले आफ्नो राय दिएपछि सरकारले नयाँ मिति तोक्नेछ । आयोग अहिले आन्तरिक छलफलमा छ । स्रोतका अनुसार आयोगमा दुई मितिको विकल्पमाथि छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले असार ७ वा ८ गर्ने दोस्रो चरणको चुनाव गर्ने प्रस्ताव गरेका कारण उक्त मितिबारे आयोगमा छलफल भइरहेको छ ।
निर्वाचन आयोगले भने असार १४ गतेको प्रस्ताव अघि सार्ने सम्भावना छ । १३ गते रमजान सकिने र १५ गते राष्ट्रिय धान दिवस भएकाले असार १४ गते दोस्रो चरणको चुनाव गर्नु उपयुक्त हुने मत आयोगमा देखिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००