चाँगुनारायण नपा–७ मा महिला सदस्य बाहेक अरु पदमा काँग्रेस विजयी
भक्तपुर, १५ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ७ मा महिला वडा सदस्य बाहेक सबैमा काँग्रेस विजयी भएको छ । काँग्रेसले बडा अध्यक्ष, दलित महिला सदस्य र दुई वडा सदस्य जितेका छन् भने महिला वडा सदस्यमा एमालेले जित हासिल गरेको छ ।
वडा नं. ७ मा वडा अध्यक्षमा काँग्रसका ज्ञान बहादुर के.सी.ले १ हजार ७१ मतले जितेका छन् । उनको प्रतिद्वन्दी एमालेका राधाकृष्ण लामिछानेले ६ सय ९८, माओवादी केन्द्रका श्यामकृष्ण नयाजु श्रेष्ठले ४ सय ५३ मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा एमालेकी दुर्गा थापा लामिछानेले ८ सय ९० मत, काँग्रेसकी दलित महिला सदस्यमा मनिता नेपालीले ९ सय ६९ मत र सदस्यद्वयमा काँग्रेसका रमेश लामाले ८ सय ८७ मत र सबृद्ध श्रेष्ठले ८ सय ८० मत ल्याई खुला सदस्यमा विजयी भएका छन् ।
चाँगुनारायण नगरको वडा नं. ७ सम्मको मतगणना गर्दा मेयरमा मेयरमा एमालेका सोम मिश्रले ६ हजार ७२ र उपमेयर विना वास्तोलाले ६ हजार ४ सय ५३ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । यस्तै, नेपाली काग्रेसका राजाराम खड्काले ५ हजार ८ सय ३९, उपमेयर सरु बानयिाँले ६ हजार २ सय ९९ मत ल्याएका छन् ।