चाँगुनारायण नपा–६ मा एमालेका वाइवाका टिम विजयी

भक्तपुर न्यूज

१४ जेठ २०७४ ९:१९

चाँगुनारायण नपा–६ मा एमालेका वाइवाका टिम विजयी

भक्तपुर १४ जेठ । चाँगुनारायण नगरपालिका वडा नं। ६ मा एमालेका सन्ते वाइवा ९ सन्त बहादुर तामाङ्ग० का टिम विजयी भएका छन् । वडा नं। ६ मा वडा अध्यक्षमा एमालेका वाइवाले ९ सय ७१ मतले जितेका छन् । उनको प्रतिद्वन्दी राप्रपाका धन बहादुर लामाले ९ सय २६, काँग्रेसका राजु लामाले १ सय ६३ मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा इन्द्र माया तामाङ्गले ९ सय ६८ मत, दलित महिला सदस्यमा अन्जु विकले ९ सय ७३ मत र सदस्यद्वयमा धनबहादुर लामा स्याङ्गवोले ९ सय ८० मत र सुजेन्द्र मुनंकर्मीले ९ सय ७६ मत ल्याई खुला सदस्यमा विजयी भएका छन् ।
हालसम्म चाँगुनारायण नगरको मेयरमा मेयरमा एमालेका सोम मिश्रले ५ हजार २ सय ८२ र उपमेयर विना वास्तोलाले ५ हजार ५ सय ५७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । यस्तै, नेपाली काग्रेसका राजाराम खड्काले ५ हजार ४०, उपमेयर सरु बानियाँले ५ हजार ४ सय २ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *