भक्तपुरका दुई नगरप्रमुखको घोषणा समृृृद्ध नगर बनाउँछौं

भक्तपुर न्यूज

१४ जेठ २०७४ ८:२९

भक्तपुरका दुई नगरप्रमुखको घोषणा समृृृद्ध नगर बनाउँछौं

भक्तपुर १४ जेठ । भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका दुई नवनिर्वाचित नगरप्रमुखद्धारा यहाँको नगरलाई समृृृद्ध बनाउने घोषणा गरेका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भक्तपुरका नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापति र मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुनदर श्रेष्ठले यस्तो घोषणा गरेका हुन् ।


भक्तपुरका नगरप्रमुख प्रजापतिले आगामी पाँच वर्ष भित्र भक्तपुर नगरलाई सफा, सुन्दर र स्वच्छ नगर बनाउने बताउदै यहाँको खानेपानी र सरसफाईको समस्यालाई पहिलो चरणमा समाधान गर्ने काम सुरु भईसकेको बताए । उनले भने भक्तपुर नगरभित्रका समस्या भनेको नै निर्वाचित जनप्रतिनिधिहरुको भएकाले सबै भन्दा पहिला नगरवासीका समस्या सम्बोधन तर्फ आफ्नो कार्याकाल केन्द्रित रहने छ ।
खानेपानीको मुहानका रुपमा रहेको नगरकोट स्थित मुहान पोखरीको अवलोकन एवं ढल व्यबस्थित गर्न हुनमन्ते खोलाको अनुगमन गरेको बताउँदै उनले सरोकारवाला निकायका कर्मचारीसंग छलफल गरेर काम अगाडि बढाईसकेको जानकारी दिए । उनले हनुमन्ते खोला सफाई गर्न हनुमानघाट र सल्लाघारीमा रहेका दुई उपचार पोखरीलाई जतिसक्दो छिटो संचालनमा ल्याई ढललाई उपचार पोखरीमा राखेर सफा पानी मात्रै खोलामा पठाउने गरि वयस्थापन गन लागेको बताए । हनुमन्ते खोलाको किनारा हाल बिछ्उन थालेको ढल बस्तीको अध्ययन बिनानै गरिएकाले समस्या देखिने सम्भावना भएकाले त्यसको दिर्घकाली ब्यवस्थापनका बारे लागि परेको समते बताए ।
भूकम्पले भत्काएको संरचनाहरु पुर्न निर्माणका लागि नगरपालिकाका उपप्रमुख रजनी जोशीलाई जिम्मेवारी दिईसकिएको बताउँदै उनले पुरातत्व विभाग र सरोकारवालाहरुसंँग छलफल गरी पुर्ननिर्माणलाई तिब्रता दिने बताए । भक्तपुर नगरमा जन्मेका यहाँका नागरिकले शिशुस्याहारदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्न अन्यत्र जानु नपर्ने गरी शिक्षाको व्यबस्थापन भइरहेको जानकारी दिँदै नगरपालिकाले विश्वविद्यालय संचालनको सम्बन्धन पाएमा मेडिकल कलेज समेत संचालन गरेर अन्य कलेज भन्दा ५० प्रतिशत कममा डाक्टर उत्पादन गर्ने गरि कार्य अगाडि बढाएको बताए ।
त्यसैगरि भक्तपुर नगरपालिकाद्धारा संचालित जनस्वास्थ्य केन्द्रलाई २५ शैयाको अस्पतालको रुपमा विकास गर्न लागिएको जानकरी दिँदै भक्तपुरमा रहेको भक्तपुर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पताल लगायतलाई व्यबस्थित गरि सबै रोगको उपचार भक्तपुर मै हुने व्यबस्था गर्ने गृहकार्य भइरहेको जानकारी दिए ।
उनले भक्तपुरका जनताले परिवर्तनको महसुस गर्ने गरि काम गर्ने, सरकारी कार्यालय वा कुनै पनि निकायले नगरपालिकासंँग स्वीकृत नलिई निर्माण गरे त्यस्ता भौतिक संरचना भत्काईने जानकारी दिँदै नगरपालिकाको स्वीकृत नलिई निर्माण गर्न सबै सरकारी कार्यालयहरुलाई पत्रचार गरिसकेको जानकारी दिए ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरलाई शैक्षिक हव बनाउने बताए । उनले मध्यपुरका सरकारी र निजी विद्यालयहरुसँंग समन्वय गरेर यहाँका सरकारी विद्यालयको गुणस्तर बृद्धि गर्ने कार्यक्रम अगाडि सार्ने जानकारी दिए । उनले नगरपालिकाद्धारा संचालित नेपाल कोरिया मैत्री अस्पतालको नाम परिवर्तन गर्ने बताउँदै भने मध्यपुर अस्पताललाई प्रबिधि र जनशक्तिबाट पूर्ण बनाउने, चिकित्सकको टोलीलाई उपचारको जिम्मा दिने र भक्तपुरका अन्य अस्पताल तथा पूर्वका अस्पतालबाट रिफर भएका विरामी यस अस्पतालमा ल्याएर सफल उपचार गर्ने गरि व्यबस्थापन गर्ने तयारीका साथ अगाडि बढेका छौ ।
उनले नगरपालिकाले आफ्नै कलेजदेखि मेडिकल कलेज र नर्सिङ्ग कलेजसम्म संचालन गर्ने बताए । नगरलाई सफा राख्न सफाई कर्मचारीको व्यबस्थापन गर्ने, तरकारी उत्पादनको पकेट क्षेत्र बनाउने, तरकारीको बजार व्यबस्थापन गरी कृर्षि क्षेत्रलाई आत्मनिर्भर बनाउने बताए ।
हनुमन्ते र मनोहरा खोलामा करिडोरको रुपमा विकास गर्ने, नगर भित्र आन्तरिक चक्रपथको निर्माण गर्ने, यहाँको कला, संस्कृति र नाचहरुको संरक्षण गर्न कोष बनाउने गरी कार्य थालेको उनले जानकारी दिए । जनताको काम बढीमा तीनदिन भित्र सम्पन्न गर्नेगरि र जनताले परिवर्तनको अनुभूति गर्नेगरि कार्य गर्ने श्रेष्ठले बताए । थिमि नपा नेपालै भ्रष्ट नगरपालिका रहेको नजिरलाई बदल्न नयाँ जनप्रतिनिधिहरुले सफथ लिएसँगै लागि परेको बताउँदै राम्रो काम गर्ने कर्मचारी लाई प्रोत्सान र गलतलार्य कारवाही गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *