चाँगुनारायण नपा–५ मा एक वडा सदस्य बाहेक सबैमा काँग्रेस विजयी
भक्तपुर १४ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ५ मा एक वडा सदस्य बाहेक सबैमा काँग्रेस विजयी भएको छ । काँग्रेसले बडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र एक वडा सदस्य जितेका छन् भने एक वडा सदस्यमा नेमकिपाले जित हासिल गरेको छ ।
वडा नं. ५ मा वडा अध्यक्षमा काँग्रसका जयेन्द्र खड्काले १ हजार ६ सय ४८ मतले जितेका छन् । उनको प्रतिद्वन्दी नेमकिपाका मिन बहादुर बाटाले १ हजार २ सय ८३, एमालेका रामहरि थापाले ७ सय ३ मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा काँग्रेसकी राधिका खड्का बाटाले १ हजार ३ सय ३८ मत, काँग्रेसकी दलित महिला सदस्यमा रामकुमारी विकले १ हजार ३ सय ३३ मत र सदस्यद्वयमा एकमा काँग्रेसका राजी गिरीले १ हजार ३ सय २८ मत र एकमा नेमकिपाका रोशन खत्रीले १ हजार १ सय ८२ मत ल्याई खुला सदस्यमा विजयी भएका छन् ।
चाँगुनारायण नगरको वडा नं. ५ सम्मको मतगणना गर्दा मेयरमा नेपाली काग्रेसका राजाराम खड्काले ४ हजार ८ सय ३२, उपमेयर सरु बानयिाँले ५ हजार १ सय ९१ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । यस्तै, मेयरमा एमालेका सोम मिश्रले ४ हजार ४ सय ३ र उपमेयर विना वास्तोलाले ४ हजार ५ सय ७४ मत ल्याएका छन् ।