राजपा निर्वाचनमा सहभागि भए काँग्रेस चुनाव सार्न तयार

भक्तपुर न्यूज

१३ जेठ २०७४ ९:२९

राजपा निर्वाचनमा सहभागि भए काँग्रेस चुनाव सार्न तयार

काठमाडौ १३ जेठ । नेपाली काँग्रेसले मधेशी दल राष्ट्रिय जनता पार्टी ९राजपा०नेपाललाई चुनावमा सहभागि हुन आग्रह गरेको छ । राजपा चुनावमा सहभागि भए जेठ ३१ गते हुने दोस्रो तहको चुनाव सार्नपनि कांग्रेस सकारात्मक भएको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा आएको कांग्रेस र राजपाका नेताहरुबीचको छलफलमा कांग्रेसका नेताहरुले मधेशवादी दलको माग पूरा गराउन आफूहरु तयार रहेको र ती माग पुरा गराउन चुनावको मिति सार्नु परेपनि सार्ने तर चुनावमा भने सहभागि हुनुपर्नेमा जोड दिएको नेताहरुले बताएका छन् ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता एवं उपप्रधानमन्त्री विमलेन्द्र निधिले भने, ‘हामीले राजपा नेपालका नेताहरुलाई चुनावमा भाग लिनुहुन्छ भने पार्टी दर्ता, हस्ताक्षर बुझाउने तथा चुनाव चिन्ह प्राप्तिका लागि ऐन संशोधन गर्न र चुनाव मिति सार्न पनि सकिन्छ, तर सविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ, त्यसका लागि सरकारले कतिको प्रयास गरेको त्यसको बारेमा तपाईहरुलाई थाहैछ भन्यौ ।’

तर राजपा नेपालका नेताहरुले भने आश्वासन धेरैपटक पाएको तर अझैसम्म केही प्राप्त नभएकाले माग पूरा गर्नुपर्नेमै जोड दिएको बताए । राजपा नेपालका अध्यक्ष राजेन्द्र महतोले चुनावमा जान आफूहरु तयार रहेको तर त्यसको लागि सरकारले वतावरण बनाउनुपर्ने बताए । सविधान संशोधन, मुद्दा फिर्ता, पार्टी दर्ता, चुनाव चिन्ह प्राप्ति, जनसंख्याको आधारमा स्थानीय तहको सँंख्या थप्नुपर्नेलगायतका माग पूरा भए आफूहरु चुनावमा भाग लिने उनले बताए । सहमतिको प्रयार चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *