पोखरा महानगरको मेयरमा एमाले विजयी
पोखरा १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् । यससँगै महानगरमा एमाले खाता खोलेको छ ।
भर्खरै सम्पन्न मत गणनामा जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरे । जिसीले ६० हजार ४२३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४७३ मत पाए । कुँवरलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको थियो ।
उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । उनले कांग्रेस उम्मेदवार सरस्वती गुरूङलाई झण्डै १४ हजार मतान्तरले पराजित गरिन् । मञ्जुले ५६ हजार ४४८ मत पाइन् भने सरस्वतीले ४४ हजार ३३८ मत पाएकी छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:००