चाँगुनारायणको मतगणना अपरान्ह ५ बजेबाट शुरु हुने

भक्तपुर न्यूज

१० जेठ २०७४ ८:१७

चाँगुनारायणको मतगणना अपरान्ह ५ बजेबाट शुरु हुने

भक्तपुर, १० जेठ । चार दिनदेखि अवरुद्ध चाँगुनारायण नगरपालिकाको मतगणना आज अपरान्ह ५ बजेबाट शुरु हुने भएको छ । सुर्य चिन्हमा छाप लगाइएका मतपत्रको चाङमा मादल, रुख र गाई चुनाव चिन्हमा छाप लगाइएका मतपत्रका चाङ भेटिएपछि विवाद भई अवरुद्ध भएको मतगणना प्रक्रिया आजैबाट शुरु हुने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारीको कार्यालयमा भर्खरै मात्र सम्पन्न सर्वदलीय बैठकले चाँगुनारायण नगरपालिकाका वडा नं ३ र ४ को पुनः मतगणना गर्नेमा सहमति भएसँगै अवरुद्ध मतगणना प्रक्रिया पुनः सुचारु हुने भएको हो ।
प्रमुख जिल्ला अधिकारीको कार्यालयमा भर्खरै मात्र सम्पन्न सर्वदलीय बैठकले चाँगुनारायण नपाका वडा नं ३ र ४ को पुनः मतगणना गर्नेमा सहमति भएसँगै अवरुद्ध मतगणना प्रक्रिया पुनः सुचारु हुने भएको हो ।
मतगणना भइसकेका वडा नं १ देखि ४ सम्मै पुनः मतगणना गर्ने वा ३ र ४ वडाको मात्र मतगणना गर्ने विषयको विवाद नमिलेपश्चात निर्वाचन आयोगमा समाधानको लागि पत्राचार भएको थियो । आयोगले आज वडा नं ३ र ४ को मात्र पुनःमतगणना गर्न सकिने निर्णय दिएको थियो । नेकां, नेमकिपा, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्ति आयोगको निर्णय मान्न तयार भए तापनि एमालेले चार वटै वडाको पुनः मतगणना माग गरिरहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *