आज सुनचाँदीको मूल्य घट्यो

भक्तपुर न्यूज

१० जेठ २०७४ ६:४५

आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, १० जेठ । सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले घटेर ५४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य मा पनि ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ७ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ६५ मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *