देशको बजेट अब मोबाइलमै हेर्न पाइने

भक्तपुर न्यूज

९ जेठ २०७४ ५:२३

देशको बजेट अब मोबाइलमै हेर्न पाइने

काठमाडौं, ९ जेठ । सरकारले बजेट एप संचालनमा ल्याएको छ । बजेट एपबाट अब मोबाइलमै बजेट हेर्न र पढ्न पाइने भएको छ । अर्थमन्त्रालयले बजेटसम्वन्धी सर्वसाधारणलाई सहज रुपमा जानकारी दिने उद्देश्यले बजेट एप संचालनमा ल्याएको हो ।
आगामी आर्थिक वर्षको बजेट समेत एपमार्फत जानकारी लिन सकिने अर्थमन्त्री कृष्णबहादुर महराले बताए ।
मन्त्रालयमा आयोजित एक कार्यक्रममा महराले रातो तथा पहेँलो कितावका सबै शव्दहरु एपमै पढ्न पाइने बताए । बजेट वक्तव्यको दिन एपमै लाइभ हेर्न मिल्ने व्यवस्था समेत गरिएको मन्त्री महराले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *