मध्यपुर थिमि नपा–९ मा काँग्रेसका चक्रधर विजयी

भक्तपुर न्यूज

८ जेठ २०७४ ५:४२

मध्यपुर थिमि नपा–९ मा काँग्रेसका चक्रधर विजयी

भक्तपुर ८ जेठ । मध्यपुर थिमी नगरपालिका वडा नं. ९ को वडा अध्यक्षमा काँग्रेसका रामकाजी चक्रधर विजयी भएका छन् । उनले ७ सय ५० मत प्राप्त गरी विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी नेमकिपाका राजु कैतीले ५ सय ९४ मत र राप्रपाका श्यामकृष्ण राजवहाकले ३ सय १२ मत पाएर दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
यस्तै, महिला सदस्यमा काँग्रेसकी मिरा खड्का, दलित महिला सदस्यमा एमालेकी सुन्तली विश्वकर्मा, खुला सदस्यद्वयमा काँग्रेसका चन्द्र खड्का र चन्द्र प्रसाद धौबन्जार विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *