मध्यपुर थिमि नपा–८ मा नेमकिपाका श्रेष्ठ विजयी

भक्तपुर न्यूज

८ जेठ २०७४ ५:२३

मध्यपुर थिमि नपा–८ मा नेमकिपाका श्रेष्ठ विजयी

भक्तपुर ७ जेठ । मध्यपुर थिमी नगरपालिकामा नेपाल मजदूर किसान पार्टीले खाता खोलेको छ । नगरको वडा नं. ८ को वडा अध्यक्षमा नेमकिपाका देव कृष्ण मोय श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले १ हजार ४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी काँग्रेसका दिलकृष्ण प्रजापतिले ९ सय ८२ मत र राप्रपाका बिक्रम बुढाले ३ सय ५३ मत पाएर दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
यस्तै, महिला सदस्यमा काँग्रेसकी रमिता जिमा साय श्रेष्ठ, दलित महिला सदस्यमा एमालेकी मन्दिरा थापा नेपाली, खुला सदस्यमा एक काँग्रेसका दिपेन धेके र अर्काे नेमकिपाका रमेश थापा श्रेष्ठ विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *