नेउवा महासंघका पदाधिकारीहरुलाई भक्तपुरमा स्वागत

भक्तपुर न्यूज

५ जेठ २०७४ ८:०५

नेउवा महासंघका पदाधिकारीहरुलाई भक्तपुरमा स्वागत

भक्तपुर ५ जेठ । भक्तपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगायतका पदाधिकारीहरुलाई एक कार्यक्रमका बीच भक्तपुरमा स्वागत गरेको छ ।  सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेउवामहासंघका अध्यक्ष भवानी राणाले मुलुकमा लगानीका सम्भावनाहरु धेरै रहेको बताउँदै परिवर्तित राज्य व्यवस्थासँगै स्थानीय निकायहरुसँगको साझेदारीमा विकास निर्माणका कार्य गर्न निजी क्षेत्र तत्पर रहेको जानकारी दिईन् ।

यसैगरी उनले  मुलुकमा रोजगारी अभिवृद्धि गर्दै आर्थिक विकासका लागि औद्योगिकरण एउटैमात्र विकल्प भएको हुँदा दक्ष युवा जनशक्ती तयार पार्नु पर्नेमा जोड दिईन् । महासंघले सातवटै प्रदेशमा एकएक वटा प्राविधिक स्कूल सञ्चालनमा ल्याउने तयारी गरेको पनि उनले बताईन् । कार्यक्रममा अतिथिहरुलाई स्वागत एवं बधाई ज्ञापन गर्दै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद अवालले सरकारले ल्याएको स्मार्टसिटि अवधारणा राम्रो भएता पनि यो अवधारणाले ठूला उद्योग व्यवसायहरु विस्थापित हुन सक्ने खतरा रहेको औल्याए ।

जिल्लाका चारवटै नगरपालिकाहरुमा जनप्रतिनिधिहरु आउने निश्चित भईसकेको अवस्थामा अबका दिनहरुमा आर्थिक विकासका गतिविधिहरुले मूर्तरुप लिनेमा विश्वस्त रहेको बताए । यसैगरी कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आर्थिक विकासमा निजी क्षेत्रको योगदान निरन्तर रहदै आएता पनि सरकार आफ्नो दायित्व पुरा गर्न असफल रहदै आएको हुँदा जिनी क्षेत्रले सरकारलाई निरन्तर झकझकाइरहनु पर्नेमा जोडदिए ।

कार्यक्रममा मन्तव्यकै क्रममा नेउवामहासंघमा विशिष्ट सदस्य चण्डीराज ढकाल र भक्तपुर उद्योग वाणिज्य संघका महासचिव एवं कार्यक्रमका संयोजक शिव प्रसाद मानन्धरले बदलिदो परिवेशमा निजीक्षेत्रको भूमिकामा व्यापक परिवर्तन आईसकेको हुँदा निजी क्षेत्रले आफूलाई सोही अनुरुप सक्षम बनाउदै लानु पर्ने बताए ।

सो अवसरमा भक्तपुर जिल्लाका विभिन्न वस्तुगत संघसंस्थाहरुले महासंघका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षद्वय उमेशलाल श्रेष्ठ र चन्द्रप्रकाश ढकाललगायतलाई खाडा, फूलको माला एवं भक्तपुरको मौलिक जुजु धौ प्रदान गर्दै बधाई दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *