कालिकोटको रास्कोट नगरपालिकामा माओवादी विजयी

भक्तपुर न्यूज

४ जेठ २०७४ ३:०४

कालिकोटको रास्कोट नगरपालिकामा माओवादी विजयी

कालिकोट, ४ जेठ । कालिकोटको रास्कोट नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्र विजयी भएको छ । रास्कोट नगरपालिका अन्तर्गतका ९ वडाहरुमा भने मिश्रित नतिजा आएको छ । नगरपालिकाको प्रमुख पदमा माओवादीका काशीचन्द्र बराल २ हजार ११५ मतसहित विजयी भएको निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए । काशीचन्द्र निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराज बरालले १ हजार ८२० मत पाएका छन् ।

यसैगरी उपप्रमुख पदमा माओवादी केन्द्रकै मिमसरा बम शाही विजयी भएकी छन् । शाहीले २ हजार २३५ मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले १ हजार ८७२ मत पाएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । रास्कोट नगरपालिकाका ९ वटा वडाहरुमा भने मिश्रित नतिजा आएको छ । वडा नम्बर १ मा माओवादी केन्द्रले अध्यक्षसहित चार जना सदस्य जितेको छ ।

वडा नम्बर २ मा एमालेको प्यानल विजयी भएको छ । वडानम्बर ३ मा माओवादी केन्द्रको प्यानल निर्वाचित भएको छ । वडा नम्बर ४ मा माओवादीको अध्यक्ष र एमालेका सदस्य विजयी भएका छन् । वडानम्बर ५ मा एमालेको प्यान विजयी भएको छ । वडानम्बर ६ र ७ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा नम्बर ८ मा एमालेको अध्यक्ष र १ सदस्य तथा माओवादीका ३ सदस्य निर्वाचित भएका छन् । वडा नम्बर ९ मा एमालेको अध्यक्ष र माओवादीका सबै सदस्य निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *