मध्यपुर थिमि नपा–३ मा काँग्रेसका कुटु विजयी
भक्तपुर ४ जेठ । मध्यपुर थिमी नगरपालिका वडा नं. ३ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडा नं ३ मा काँग्रेसका प्रेम बहादुर कुटुले १ हजार ४ सय ७२ मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी राप्रपाका रविन थापाले १ सय ९७ मत र माओवादी केन्द्रका भुवन केसीले १ सय ७१ मत पाएका छन् ।
काँग्रेसकी महिला सदस्य विनु केसी, दलित महिला सदस्य निर्मला परियार, खुला सदस्यद्वयमा कृष्णहरि आचार्य र राज भक्त श्रेष्ठ विजयी भएका छन् ।
काँग्रेसका मेयर उम्मेदवार अष्ट कवेंले ३ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका मदनसुन्दर श्रेष्ठले ३ हजार १ सय १५ मत पाएका छन् । माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले १ सय ८२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा काँग्रेसकी अन्जना मधिकर्मीले ३ हजार ८ सय ८२, नेमकिपाका केदार खड्काले १ हजार ७ सय ३ र माओवादी केन्द्रकी सुचित्रा श्रेष्ठले २ सय ३१ मत प्राप्त गरेका छन् ।
मध्यपुर थिमिको वडा नं. १ र २ मा क्रमशः सुरज खड्का र राम थापा मगर विजयी भएका छन् ।